स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । सुनसरी र नवलपुर जिल्लामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
सुनसरीको ईटहरी उमहानगरपालिका–५ स्थित सडकमा प्रदेश नम्बर १–०२–०४६ प २८६२ नम्बरको स्कुटर ना. ६ ख ६५७५ नम्बरको ट्रकमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३२ वर्षीय रबिन राईको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–२ भृकुटी चोकमा बा.प्र ०६००१ ख ०१९६ नम्बरको बसले ना.३६ प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा ग.१ च ७१५२ नम्बरको एम्बुलेन्समा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा एम्बुलेन्समा सवार डाइलोसिसको बिरामी मध्यबिन्दु नगरपालिका–१२ बस्ने ७५ वर्षीय मानबहादुर कुमालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार पश्चात डस्चार्ज भएको र एम्बुलेन्समा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया