काठमाडौंमा थापाको घरमा प्रहरी छापा, ११ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–१५ नैकाप तिनथाना बस्ने मदनराज पुरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१५ बस्ने ५५ वर्षीय मनोजकुमार थापा लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ५० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Saturday, 2024 February 24, 5:30 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया