जुम्लाबाङ बुगेरी सडक खण्डमा हस्तरामको शव, डिल्लीराम पक्राउ
घोराही । रूकुम पश्चिम जिल्लामा ५१ वर्षीय हस्तराम खड्काको हत्या भएको छ ।
हस्तरामको हत्या अभियोगमा प्रहरीले उनका नाती २३ वर्षीय डिल्लीराम खड्कालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित बैगारी ठाँटीदेखि त्रिबेणीतर्फ जाने सडकको छेउमा मुसिकोट नगरपालिका – १२ निवासी हस्तराम मृत फेला परेका थिए ।
प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि दिउँसो नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको बयान प्रहरीसमक्ष गरेको ईन्स्पेक्टर खड्काले बताएका छन् ।
बाजेले नातिलाई किन धेरै रक्सी खान्छस् भनेर सम्झाउन खाजेपछि भनाभन भएको प्रहरीले जनाएको छ । सोही क्रममा नातिले बाजेलाई ढकलेर लडाएपछि दउराले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया