महासमिति सदस्यहरूको स्वागतमा डा.शशांक कोइरालाद्वारा चियापान कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महासमिति बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरू चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् ।
पूर्वमहामन्त्री डा.कोइरालाले शनिबार बिहान ८ बजे लैनचौरस्थित ब्याङ्केटमा चियापानको कार्यक्रम राखेका छन् । कार्यक्रममा सबैलाई आमन्त्रण गरिएको छ ।
चियापान तथा भेटघाट कार्यक्रम लैनचौर ब्याङ्केटमा हुनेछ । कार्यक्रममा महासमिति सदस्यहरूसँग अनौपचारिक कुराकानी पनि हुनेछन् ।
यसअघि, शुक्रबार बिहान नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले महिला महासमिति सदस्यहरूसँग भेटघाट र अन्तरिक्रिया गरेकी छिन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी डा.राणाले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेट गरेर अन्तरक्रिया गरेकी हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया