विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ ।
Published : Tuesday, 2024 February 20, 4:55 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया