नेविसंघको पहिलो बैठक फागुन १५ गते काठमाडौंमा बस्ने
काठमाडौं । नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
सोमबार सूचना जारी गरेर अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय कार्यसमितिको पहिलो बैठक फागुन १५ गते मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन् । बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
बैठकमा अध्यक्षद्वारा प्रतिवेदन प्रस्तुतीकरण, शक्षिक, राजनीतिक एवम् सांगठनिक र आर्थिक प्रतिवेदनमा छलफल हुनेछ ।
१२औँ महाधिवेशनको मिति तय एवम् कार्यतालिका, नेविसंघको विधान संशोधन र परिमार्जन, सदस्यता नवीकरण, नेविसंघको आचारसंहिता आदि विषयमा बैठकमा छलफल हुनेछ ।

Published : Monday, 2024 February 19, 10:37 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया