काभ्रेका सूर्यमान तामाङ काठमाडौंमा पक्राउ
काठमाडौं । प्रहरीले गठीसम्बन्धी कसूरको अभियोगमा ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध कार्यालय, मीनभवनले तामाङलाई शुक्रबार काठमाडौंको रविभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ परेका तामाङ काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको हात्तिगौडा बस्ने सार्किमान तामाङको छोरा हुन् ।
तामाङलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएका रविभवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तामाङलाई थप अनुसन्धानका लागि मीनभवन प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
Published : Sunday, 2024 February 18, 10:51 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया