काठमाडौंमा जुवातास खेलिरहेका २३ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपलिका–६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा प्रहरीले छापामारेको छ । जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
यसैगरी कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने ५१ वर्षीय भक्तबहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपियाँ र ९ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया