संयोजक बस्नेतद्वारा स्वयंसेवक परिचालनबारे तरुण, नेविसंघ लगायतसँग छलफल
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक तयारीका लागि गठित स्वयंसेवक परिचलान उपसमितिको बैठक बसेको छ ।
ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा शनिबार बसेको उपसमितिको बैठकमा संयोजक समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेत स्वयंसेवक खटाउने विषयमा छलफल गरेका हुन् ।
बस्नेतले स्वयंसेवक परिचालन गर्दा महासमिति बैठकलाई कसरी व्यवस्थित गराउने भन्नेबारेमा छलफल गरेका छन् ।
संयोजक बस्नेतले कांग्रेसको भ्रातृ संस्थाका अध्यक्ष लगायतसँग छलफल भएको थियो । उनले स्वयंसेवक खटाउने विषयमा बृहत् छलफल भएको बताएका छन् ।
समितिको संयोजक बस्नेतले स्वयंसेवक खटिने विषयमा निर्देशन दिएका छन् । स्वयंसेवकबाट कुनै पनि कमीकम्जोरी नहोस् भनेर बस्नेतले निर्देशन दिएका छन् ।
उपसमितिका संयोजक बस्नेतले स्वयंसेवक खटिने कुरालाई गम्भीर र जिम्मेवार रुपमा लिनुपर्ने बताएका छन् ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले महासमितिको बैठकमा तरुण दलबाट खटिने स्वयंसेवक पूर्ण रुपले जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् ।
अध्यक्ष गुरुङले तरुण दलबाट खटिने कुनैपनि स्वयंसेवकको विषयमा गुनासो आयो भने तत्काल कार्वाहीको चिठी काट्ने चेतावनी दिएका छन् ।
बैठकमा संयोजक बस्नेतका साथै तरुण अध्यक्ष विद्वान गुरुङ, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया