महाप्रबन्धक झालाई काठमाडौंमा कालोमोसो
काठमाडौं । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई काठमाडौंमा कालोमोसो दलेर कारबाही भएको छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकटको युवा संगठनले महाप्रबन्धक झालाई कालोमोसो दलेर कारबाही गरेको छ ।
दूध बेचेको करिब १७ करोड रूपियाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप झालाई युवा संगठनले लगाएको छ ।
डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपियाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा–बढुवामा आर्थिक लाभ लिएको आरोप पनि छ ।
महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेकोलगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताएका छन् ।
सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि उक्त संगठनले कालोमोसो दलेको थियो ।
डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो कालोमोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया