जहाँ विपत्, त्यहा पुग्छ तरुण दल : अध्यक्ष विद्वान गुरुङ
झनझने । नेपाल तरुण दल, सिन्धुलीले हरिहरपुरगढीको झनझनेमा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना गरेको छ ।
शुक्रबार झनझनेमा तरुण दलका अध्यक्ष विद्वान गुरुङले नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । तरुण दल सिन्धुलीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा सयौँ सर्वसाधारणले सेवा लिएका छन् ।
अध्यक्ष गुरुङले जहाँ विपत् हुन्छ त्यस ठाउँमा तरुण दल पुगेर सेवा दिने गरेको बताएका छन् । उनले जनताको हरेक सुख र दु:खमा तरुण दल साथमा रहने बताएका छन् ।
अध्यक्ष गुरुङले अबका दिनमा नेपाल तरुण दल पूर्ण रुपले सामाजिक कार्यमा लाग्ने बताएका छन् । जिल्ला कार्यसमितिले रचनात्मक कार्यक्रम आयोजना गरेकोमा तरुण अध्यक्ष गुरुङले धन्यावाद दिएका छन् ।
अध्यक्ष गुरुङले सिन्धुलीवासी जनता, तरुण र स्वास्थ्य शिविरमा खटिएका चिकित्सकहरूको टोलीलाई धन्यवाद प्रकट गरेका छन् ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया