कपिलवस्तुमा दशजनाकाे ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति सभापति डा.राणा मर्माहत
काठमाडौं । प्रतिनिधिसभाकाे कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिकि सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउबाले कपिलवस्तु जिल्लामा दशजनाकाे ज्यान जानेगरी भएको बस दुर्घटनाप्रति गहिराे दु:ख व्यक्त गरेकी छिन् ।
बिहीबार बिहान प्रेस नाेट जारी गरेर डा. राणाले घाइतेहरूकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेकी छिन् । उनले मृत्तकप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।
`हिजो दिउँसो महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सु प-०२-००१ ख ००९८ नम्बर को बस राती १ बजे कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिक २०० मिटर तल खसि दुर्घटना भई १० जनाको मृत्यु र ३० जना घाईते भएको खबरले निकै मर्माहत बनाएको छ´, सभापति डा. राणाले भनेकी छिन् ।
`घाइतेको उपचारमा लाग्न स्थानीय प्रशासनलाई आग्रह गदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु साथै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु´, उनले भनेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया