युक्रेनले शक्तिशाली रुसको जहाज डुबाइदियो
लण्डन । युद्धमा रहेको युक्रेनले क्राइमिया नजिकै शक्तिशाली देश रुसको नौसेनाको जहाजलाई डुबाएको छ ।
रुसको नौसेनाको जहाज रुसले कब्जा गरेको युक्रेनको क्रिमिया प्रायद्वीपको जलक्षेत्रमा रहेको थियो । सोही ठाउँमा युक्रेनले नौसेनाको जहाज डुबाइदिएको हो ।
युक्रेनी सेनाले सामाजिक सञ्जालमा जानकारी दिँदै रुसी नौसेनाको ब्ल्याक सी फ्लीटको जहाज सिजर कुनिकोफ आक्रमणको समयमा रिसोर्ट टाउन अल्पुका नजिकै रहेको जनाएको छ ।
युक्रेनी सेनाले आक्रमणपछि जहाज डुब्न थालेको र उद्धार तथा खोजी कार्य असफल भएको छ । युक्रेनी सेनाले जहाजमा समुद्री ड्रोन आक्रमणको भिडियो पनि जारी गरेको छ ।
युक्रेनले नौसेनाको जहाज डुबाइदिएको विषयमा रुसले प्रतिक्रिया दिएको छैन । रुसी सेनाले ब्ल्याक सीमा ६ ड्रोन खसालेको र रुसी भूमिमा तीन ड्रोन खसालेको जनाएको छ । एजेन्सी
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया