काठमाडौंमा दुई स्थानमा प्रहरी छापा, जुवातास खेलिरहेका मान्छेहरू पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखुस्थित सोही नगरपालिका–१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा छापामारेको छ ।
जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका– ८ कंचन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया