सीआईबीले छाडे पनि महरालाई आयोगले छाडेन, लियो बयान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा महराले महराले बयान दिएर फर्किएको स्रोतले जनाएको छ ।
महरासँग आयोगका पदाधिकारीले महरासँग इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी भएको घटनामा संलग्नताबारे प्रश्न गरेका छन् ।
सीआईबीले महरालाई प्रतिवादी कायम नगरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो । महरालाई सीआईबीले उन्मुक्ति दिन खोजे पनि आयोगले बोलाएर बयान लिएको छ ।
चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको भेप छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई महराले पटक पटक फोन गरेका थिए । महराले बयानमा के जवाफ दिएका छन् ? केही भनिएको छैन ।
माओवादीका नेता महराले चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको सार्वजनिक रुपमा स्वीकार गर्दै आएका छन् ।
२०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङ्गले दुईवटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट भेपमा सुन ल्याएका हुन् ।
महराका छोरा राहुल महरा सुन तस्करी प्रकरणमा हिरासतमा छन् । छोराका कारण महरालाई ठूलो तनाब भएको छ ।
महिलासँगको अबैध सम्बन्ध बाहिरिएपछि महराले सभामुख पद गुमाउनु परेको थियो । न्यायालयबाट महराले सफाइ पाएका थिए । तैपनि महरालाई विभिन्न झमेलाहरूले पछ्याइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया