भौतिक मन्त्रालय र सशस्त्र प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच पोस्ट क्रस रेस्पोन्स एण्ड केयर सर्भिस मोडलको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयका सह–सचिव एवम् राष्ट्रिय सडक सुरक्षा परिषदका सदस्य सचिव कृष्णराज पन्त र सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रोजेक्ट संचालन पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरूको उद्वार, घाइतेहरूको उपचार स्थलगतमै तुरुन्तै हुने, अनाश्यक मृत्यु र अंगभंगमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरूमा ट्रमा सम्बन्धि तालिम एवं मेडिकल सामाग्री तथा उपकरणहरू समेत थप हुनेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया