दुई अर्ब लुटेर फरार भएका एमालेका नेताले ज्यान जोगाउन प्रस्ताव अगाडि सारे
काठमाडौं । एमालेका नेता समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवुकमार नेपालीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकमबाट अकुत सम्पत्ति खरिद गरेको बताएका छन् ।
ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका एमालेका नेता नेपालीले आफ्नो सम्पूर्ण सम्पत्ति सहकारी पीडितलाई दिने बताएका छन् ।
माघ १९ अपिल सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमती छेला नेपालीको नाममा रहेको सम्पूर्ण सम्पत्ति सहकारी पीडितको नाममा गरिदिने बताएका छन् ।
बचतकर्ताको करिब २ अर्ब रुपियाँ हिनामिना गरि २०८० जेठ ५ गते नेपाली परिवारसहित फरार छन् । नेपालीले मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरूको बचत फिर्ता गर्न आफू छिटै सार्वजनिक हुने बताएका छन् । अहिलेसम्म नेपाली सार्वजनिक भएका छैनन् ।
नेपालीले आफू र आफ्नो नाममा रहेको घर जग्गा सहकारीका बचतकर्ताहरूले जम्मा गरेको रकम, बैंकको ऋण र आफ्नो निजी सम्पत्ति समेतबाट खरिद गरेको बताएका छन् ।
नेपालीले आफू र आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ति सहकारीका पीडितलाई हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । त्यसका लागि सहज वातावरण सिर्जना गरिदिन आग्रह गरेका छन् ।
सहकारीको करोडौं रकम हिनामिना गरेर एमालेका नेता नेपाली फरार भएपछि प्रहरीले पक्राउ गर्न रेडर्कन नोटिस जारी गरेको छ । चारैतिरबाट घेराबन्दीमा परेपछि नेपालीले ज्यान बचाउन सकिन्छ कि भनेर सहकारीपीडितहरूलाई सम्पत्ति दिएर मिलाउने कुरा अगाडि सारेका छिन् ।




बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया