कर्मचारीलाई कालोमोसो लगाउन खोज्ने नाइके पक्राउ
धनगढी । शिक्षा अधिकृतलाई कालो डिजल (कालो मोसो) फाल्ने एकजनालाई प्रहरीले कैलालीमा पक्राउ गरेको छ ।
सोमबार बेलुका साढे ५ बजे कैलाली लम्कीचुहा नगरपालिका – ४ बस्ने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपाने कार्यालयबाट घर फर्कने बलियास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा कालो डिजेल हाल्न खोजिएको थियो ।
४/५ जना अपरिचित व्यक्ति मोटरसाईकलमा आई गौरीकान्त न्यौपानेले प्रयोग गरेको मोटरसाइकल रोकी कालो डिजेल फालेर फरार भएका थिए ।
घटनाको अनुसन्धान तथा संलग्नहरूको खोज तलास गर्ने क्रममा मंगलबार साँझ साढे आठ बजेको समयमा ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३१ को ने.क.पा. क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन ईन्चार्ज भुवन रम्तेललाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
रम्तेललाई सु.प.प्र.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नं. ७ बाट पक्राउ गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया