बडीगाडमा बन्दुक बरामद

बागलुङ । प्रहरीले बागलुङ जिल्लामा एक थान भरुवा बन्दक बरामद गरेको छ ।

बडीगाड गाउँपालिका–३ सिसाखानी सडक नजिकबाट एकनाले भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Sunday, 2024 February 4, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया