भैँसी चोर पक्राउ गर्दा पेस्तोल बरामद
इटहरी । प्रहरीले सुनसरी जिल्लामा कटुवा पेस्तोलसहित ४० वर्षीय किसन यादवलाई पक्राउ गरेको छ ।
हरिनगरा गाउँपालिका–१ हर्षाही बस्ने किसानलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोलीको खोका १ थानसहित शनिबार राति पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
भोक्राहा नर्सिङ गाउँपालिका–४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न किसनलाई पेस्तोलसहित फेला पारी पक्राउ गरेको थियो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै चोरी र हतियार फेला भएको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उता, प्रहरीले रौतहटमा बाह्रबोरको बन्दुकसहित ४५ वर्षीय हरि स्याङतानलाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–६ स्थित डाबरीबाट बाह्रबोरको एकनाले बन्दुक १ थानसहित सोही ठाउँ बस्ने स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५१ प ७३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको लेग–गार्डमा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त बन्दुक फेला पारी चालक स्याङतानलाई पक्राउ गरेको हो ।
हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया