शान्ति भङ्ग गर्ने र संविधानविरूद्ध काम गर्नेहरूप्रति कडा रूपले प्रस्तुत हुन प्रहरीलाई निर्देशन
पोखरा । उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरूको सक्रियता अझै बढाउनु पर्ने बताएका छन् ।
आइतबार पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उनले जुनसुकै परिस्थितिको सामना गर्न सुरक्षाकर्मीहरू सदैव तयार रहनुपर्ने बताए ।
गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानूनहरूको निर्माण गर्दै शान्ति भङ्ग गर्ने र संविधानविरूद्ध काम गर्नेहरूप्रति कडा रूपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताएका छन् ।
गृहसचिव दिनेश भट्टराईले सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।
गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, गृहमन्त्री श्रेष्ठले गण्डकी प्रदेश प्रहरी कार्यालयको शनिबार निरीक्षण गरेका छन् ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
यसैबीच, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की एवम् सामुदायिक सेवा केन्द्रहरूको समन्वयमा आयोजित कार्यक्रमको सुरूमा विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लैंगिक हिंसा तथा लागूऔषध दुर्व्यसन सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट, व्यानर, भजन, बाजा र झाँकीसहितको प्रभातफेरि र्याली पोखराको मानवअधिकार चोक प्रस्थान भई पोखरा महानगरपालिका–४ कुमुदिनि होम्स बोर्डिङ स्कुलको सभाहलमा आएर औपचारिक कार्यक्रमा परिणत भएको थियो ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया