लुम्बिनी सरकारद्वारा सैनामैनामा औद्योगिक ग्राम स्थापनाका लागि जमीनको अवलोकन

बुटवल । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले औद्योगिक ग्राम बनाउनका लागि रुपन्देहीको सैनामैनामा जमीन अवलोकन गरेका छन् ।

शनिबार मन्त्री राणाले रुपन्देहीका उद्योगी, व्यवसायी, समाजसेवी र स्थानीयसहित सैनामैनामा औद्योगिक ग्राम बनाउनका लागि स्थानको अवलोकन गरेका हुन् ।

मन्त्री राणाले औद्योगिक ग्राम स्थापनाका लागि विभिन्न स्थानमा जमीनहरू हेरिरहेका बेला सैनामैनामा पनि सम्भावितका रुपमा हेरिएको बताएका छन् । लुम्बिनी सरकारले छिटै उपयुक्त निर्णय गरेर औद्योगिक ग्राम स्थापना गर्ने उनले बताएका छन् ।

सैनमैना नगरपालिकाको वडा नं. ७ स्थित खाली रहेको सरकारी जीमनमा औद्योगिक ग्राम स्थापना गर्नका लागि अवलोकन गरिएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगको परामर्शपछि मन्त्री राणाले औद्योगिक ग्राम बनाउन पहल थालेका छन् । लुम्बिनी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना गरेर उद्योग व्यवसायलाई बढावा दिन खोजेको छ ।

रुपन्देही जिल्लामा धेरै उद्योगहरू छन् । भारतसँगको सिमाना जोडिएको रुपन्देही जिल्ला व्यापारिक रुपमा निकै सम्भावना बोकेको जिल्लामा पर्छ ।

Published : Sunday, 2024 February 4, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया