शुभेच्छुकहरूसँग भेटघाट गर्न पूर्वराजा शाह भरतपुर जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता चितवन भ्रमणका लागि भरतपुर जाने भएका छन् ।

सम्वाद सचिव डा.फडीराज पाठकद्वारा आइतबार जारी सूचनाअनुसार पूर्वराजा शाह पत्नी कोमल शाहसँग भरतपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भारतपुरमा रहँदा विभिन्न धार्मिक स्थानको दर्शन गर्नुका साथै स्थानीय वुद्धिजीवी र शुभेच्छुकहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अगाडि पूर्वराजा शाह रुपन्देही र कपिलवस्तु जिल्लाको भ्रमण गरेका थिए । त्यस क्रममा पूर्वराजा शाहका हजारौं शुभेच्छुक र समर्थकले स्वागत गरेका थिए ।

Published : Sunday, 2024 February 4, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया