पतिले चलाएको हायसले ठक्कर दिँदा पत्नीको मृत्यु

काठमाडौं । सल्यान र कञ्चनपुर जिल्लामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको बागचौर नगरपालिका–८ कोटमौलामा रा.१ त ३८५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक कुमाख गाउँपालिका–६ वडागाउँ बस्ने १९ वर्षीय जनक बिकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, कञ्चनपुरको बेदकोट नगरपालिका–१० शिशैया हरपाल बस्ने ४२ वर्षीय दिनेशबहादुर कठायतले आफ्नै घरको आगनमा बा.प्र.प.०१०२९ च २८०६ अस्थाई नम्बरको हाईस चलाउने क्रममा हाईसको ठक्करबाट उनकै श्रीमती ४० वर्षीया मञ्जु रावल कठायतको बिहीबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Thursday, 2024 February 1, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया