यी हुन् मानवअधिकार उल्लंघन गर्ने सीडीओ, गुप्तचर, प्रहरी र माओवादीका नेताहरु (नामसहित)

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मावनअधिकार उल्लंघन गर्ने सुरक्षाकर्मी, निजामती कर्मचारी र तत्कालीन नेकपा (माओवादी)का नेता कार्यकर्ताहरुको नाम सार्वजनिक गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार आयोगले कारबाहीको लागि सिफारिस गरिएका मावनअधिकार उल्लंघनका दोषीहरुको नामावाली सार्वजनिक भएको छ ।

नेपाल प्रहरीका प्रहरी उपरीक्षक योगेश्वर रोमखामी, प्रहरी उपरीक्षक रामकुमार खनाल, प्रहरी उपरीक्षक नारायणकुमार आचार्य, प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुबेदी, प्रहरी नायब उपरीक्षक कामाख्यानारायण सिंह, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया, प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बू, प्रहरी नायब उपरीक्षक हनुमान शाह कारबाहीको सिफारिसमा परेका छन् ।

आयोगले प्रहरी निरीक्षक गोविन्दप्रसाद साह, प्रहरी निरीक्षक महेन्द्र दर्नाल, प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ, प्रहरी निरीक्षक दुर्गालाल चौधरी, प्रहरी निरीक्षक कमलप्रसाद गिरी, प्रहरी सहायक निरीक्षक (प्रसनि) नवराज दाहाल, प्रसनि ऋषि खनाल, प्रसनि राजेन्द्रप्रसाद नेपाल, प्रसनि खड्गबहादुर कार्की, प्रसनि दिनेश अधिकारी, प्रसनि महावीरराज धावे, प्रसनि बासुदेव चौधरीलाई पनि कारबाहीको सिफारिस गरेको छ ।

आयोगले प्रसनि राजकुमार यादव, प्रसनि श्याम राउत, प्रसनि धर्मेन्द्रकुमार सिंह, प्रसनि चक्र बस्नेत, प्रहरी हवल्दार भुवनसिंह कार्की, प्रहरी हवल्दार युवराज बस्नेत, प्रहरी हवल्दार हर्कबहादुर थापा, प्रहरी हवल्दार केदार अधिकारी, प्रहरी हवल्दार दलबहादुर कार्की, प्रहरी जवान विनोद ठाकुर, प्रहरी जवान विनोद ठाकुर, प्रहरी जवान टार्जन गुरुङ र प्रहरी जवान निलम संग्रौलालाई कारबाहीको सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश ओझा, नेपाली सेनाका सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चक्रबहादुर कार्की, क्याप्टन दिनेश थापालाई आयोगले कारबाहीको लागि सिफारिस गरेको छ । आयोगले राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक लीलाधर पौडेललाई पनि मानवअधिकार उल्लंघन गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ ।

आयोगले निजामती कर्मचारीहरु प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मावधप्रसाद ओझा, प्रजिअ शालीग्राम शर्मा पौड्याल, प्रजिअ दीपककुमार पहाडी, प्रजिअ सरोजप्रसाद गुरागाइँ, प्रजिअ रमा आचार्य, प्रजिअ शिवप्रसाद नेपाल, सहायक प्रजिअ पुरुषोत्तम अधिकारी, कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँकेका कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागारका प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली, नासु दीपेन्द्रप्रसाद पौडेल पनि कारबाहीको सिफारिसमा परेका छन् ।

तत्कालीन नेकपा (माओवादी) नेताहरु खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एस.पी. किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना रहेका छन् ।

कारबारहीको सिफारिस भएका ६६ जनामध्ये ६ जनाको हकमा कारबाहीको जानकारी प्राप्त भएका कारण उनीहरुको नाम सार्वजनिक नगरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Tuesday, 2024 January 30, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया