सभापति देउवाले लोकतन्त्र र पुनर्स्थापनाको संघर्षमा आहुति दिएका सपुतहरूलाई स्मरण गरे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद दिवसको सन्देश दिँदै शहीदहरुको योगदानको स्मरण गरेका छन् ।
मंगलबार बिहान सन्देश दिँदै सभापति देउवाले लोकतन्त्र स्थापना र पुनर्स्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएको स्मरण गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी ‘शहीद दिवस’ मनाइरहेका छौं ।’
उनले भने, ‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुन्छ, यसबाट नै विद्यमान विसंगतिहरुको अन्त्य हुनेछ ।’
‘लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय’, उनले भने, ‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’
सभापति देउवाले भने, ‘आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं ।’
उनले भने, ‘नेपाललाई एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया