प्यूठानमा ‘समुदायमा कांग्रेस’ अभियानको सुरुवात, जनताको सुझाव लिने
गौमुखी । नेपाली कांग्रेस प्यूठानले ‘समुदायमा कांग्रेस’ अभियानको सुरुवात गरेको छ ।
सोमबार प्यूठानको गौमुख गाउँपालिकाको लिवासेमा विशेष कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो । कांग्रेस केन्द्रीय कार्यालयबाट खटिएका केन्द्रीय प्रतिनिधि मदनकृष्ण श्रेष्ठले अभियानको उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले प्यूठानबाट ३ जना प्रदेश सांसद रहेको बताउँदै यसअघि बनेको बजेटमा तीन जना सांसदबीच सहकार्य हुन नपाएको बताए । उनले आफ्नो मन्त्रालयमा थोरै बजेट रहेको बताए ।
मन्त्री राणाले भने, ‘मेरो मन्त्रालय निकै अफ्ठ्यारो छ । विदेशमा जानेलाई तालिम दिन सकिन्छ । घरेलु उद्योगमार्फत सहयोग गर्न सकिन्छ । यातायातमा सुधार गर्न सकिन्छ । सवारी साधनको नवीकरण र चालक अनुमतिपत्र लिन दाङ लगायतका जिल्लामा जाने बाध्यता छ । नवीकरण र सकेसम्म चालक अनुमतिपत्र पनि प्यूठानबाटै लिन सकिन्छ कि भनेर लागेको छु ।’
मन्त्री राणाले १२ वटा जिल्लालाई हेर्नुपर्ने बाध्यता रहे पनि आफूले प्यूठानको विकासमा विशेष ध्यान दिने बताएका छन् । उनले बाग्दुलादेखि गौमुखीसम्मको बाटो बनाउने जिम्मेवारी आफूले लिने बताएका छन् ।
कतिपय विषय सांसदको ल्याकतमा पनि नहुने भन्दै मन्त्री राणाले विकासका लागि मुख्यमन्त्री मेरो मान्छे हो भन्दैमा सबै कुरा सहज नरहेको बताएका छन् । उनले जनताको समस्या आफ्नै समस्या हुने बताएका छन् ।
लुम्बिनी प्रदेशसभाकी सदस्य तथा कांग्रेस नेतृ धनलक्ष्मी श्रेष्ठले कांग्रेसलाई सहि बाटोमा हिँडाउनको लागि केही कमजोरी छभने कार्यकर्ताले मार्गदर्शन गर्नुपर्ने बताएकी छिन् । उनले समुदायमा कांग्रेस भन्ने अभियान ल्याएर आएको भन्दै अभियानलाई सफल बनाउन अनुरोध गरेकी छिन् ।
नेतृ श्रेष्ठले प्यूठानबाट कांग्रेसले मन्त्री पाएको भन्दै संगठन बनाएकै कारण सांसद र मन्त्री पाएको बताइन् । उनले जितेर गएपछि सांसदहरु गाउँमा आउँदैनन् भन्ने कुरालाई चिरेर जानुपर्ने बताएकी छिन् ।
केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले कांग्रेसलाई जनताले कसरी सोँचिरहेको छ ? भन्ने विषयमा समुदायसँग बुझ्न जरुरी रहेको बताए । उनले समुदायसँग बुझेर कसरी कांग्रेसले काम गर्ने भनेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले जनताको भावना बुझ्नका लागि समुदायमा जान नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
प्यूठानका ९ वटा पालिकामा गएर कार्यक्रम गर्ने गरेर आफू आएको उनले बताए । कार्यक्रमलाई सफल बनाउन अनुरोध पनि उनले गरेका छन् । वडामा रहेर नेता कार्यकर्ताले जनताको सेवा गर्ने कार्यक्रम राखिएको नेता श्रेष्ठले बताएका छन् ।
सभापति विष्णु गिरीले समुदायमा कांग्रेस अभियानलाई सफल बनाउन अनुरोध गरेका छन् । उनले सबै मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणा, प्यूठान कांग्रेसका सभापति विष्णु गिरी, नेताहरु खिमानसिं रायमाझी, नेपाल तरुण दलका केन्द्रीय सदस्यद्वय सनत श्रेष्ठ र सुनिल बस्नेत, लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ, प्यूठान कांग्रेसका कोषाध्यक्ष दीपक केसी, नेपाल तरुण दल प्यूठानका जिल्ला अध्यक्ष कृष्ण बसेल (रोयल कृष्ण), नेताहरु सुवास केसी, हुकुमबहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसले झिम्रुक गाउँपालिकाको मच्छीमा पनि समुदायमा कांग्रेस अभियानको कार्यक्रम भएको छ । कार्यक्रममा नेताहरुले आआफ्नो धारणा राखेका थिए । उनीहरुले कांग्रेसलाई बलियो बनाउन अनुरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया