मेयर खाणले बनाए तिलोत्तमामा थिचेर बल्ने ट्राफिक लाइट
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने सुरु भएको छ ।
पेलिकन क्रसिङ भनिने यस प्रकारको ट्राफिक लाइट शनिबार आयोजित कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले संयुक्त रुपमा बटन थिचेर उद्घाटन गरेका हुन् ।
तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरी विभिन्न चोकहरुमा ट्राफिक लाइट जडान छन् । धेरै दुर्घटना हुने क्षेत्र मानेर सो क्षेत्रमा शान्तिकुञ्ज चोक मुख्य सडकमा पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेडेस्ट्रियन क्रसिङ राखेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताए ।
दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदल यात्रुलाई विशेष ध्यानमा राखी सो प्रविधि जडान गरिएको उनको भनाइ छ ।
प्रविधिको बारेमा बोल्दै क्यू सेरा मल्टिप्रपोजका बिबेक श्रेष्ठले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताएका छन् ।
उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए । यसको कुल लागत १० लाख रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बजिरसिंह विष्टले ट्राफिक नियमको पालना गरी सवारी चलाएमा दुर्घटना बात बाँचिने समेत बताए ।
‘पैदल यात्रुले स्वीच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारीपट्टी यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन्’, प्रहरी निरीक्षक विष्टले भने, ‘त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया