जीतजंग बस्नेतले सभापति देउवासँग आशीर्वाद लिए
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नवनिर्वाचित जीतजंग बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आशीर्वाद लिएका छन् ।
शनिबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति देउवा र नेतृ डा.आरजु राणा देउवासँग बस्नेतले आशीर्वाद लिएका हुन् । सभापति देउवाले राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका बस्नेतलाई जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।
सभापति देउवा र नेतृ डा.राणाले बस्नेतलाई मीठाइ खुवाएर कार्यकालको शुभकामना दिएका छन् ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित बस्नेतले पार्टीको निर्देशन र जनताको हितमा काम गर्ने बताएका छन् । उनले भने, ‘सभापति शेरबहादुर देउवाज्यूले देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको छ । म सधैँ राष्ट्रियहितमा काम गर्नेछु ।’
नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका बस्नेत ललितपुर निवासी हुन् । बस्नेत बागमती प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट निर्वाचित भएका हुन् ।



बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया