कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधिहरु, कुन जिल्लामा को ?
काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
हिमाली १० जिल्ला बाहेक अधिकांश जिल्लाहरुमा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । अभियानमा पदाधिकारीहरु भने केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छैनन् ।
जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ ।
माघ २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् । २६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा अभियान समापन हुनेछ ।
हिमाली जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा,जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् ।
केन्द्रीय प्रतिनिधिहरु खटिएका नेताहरुमा ताप्लेजुङमा भीम पराजुली, पाँचथरमा आङगेलु शेर्पा, इलाममा मीनबहादुर विश्वकर्मा, झापामा मधु आचार्य रहेका छन् ।
संखुवासभामा दिनेश कोइराला, तेह्रथुममा राजीव कोइराला, भोजपुरमा लक्ष्मी परियार, धनकुटामा तारामान गुरुङ, मोरङमा चिनकाजी श्रेष्ठ, सुनसरीमा प्रदीप सुनुवार, सोलुखुम्बु र खोटाङमा केन्द्रीय प्रतिनिधि तोकिन बाँकी छ ।
ओखलढुङ्गामा गोमा भट्टराई, उदयपुरमा सुशीला ढकाल आचार्य, सप्तरीमा लक्ष्मी खतिवडा, सिरहामा अमृत अर्याल, धनुषामा राजीव ढुंगाना, महोत्तरीमा अनिल रुंगाता, सर्लाहीमा गणेश लामा खटिएका छन् ।
रौटहटमा अजयबाबु शिवाकोटी, बारा पदमनारायण चौधरी, पर्सामा किरण यादव, दोलखामा चन्द्रमोहन यादव, रामछोपमा सुजाता परियार, सिन्धुलीमा उमेशजंग रायमाझी, रसुवामा मीनाक्षी झा, धादिङमा टेकप्रसाद गुरुङ, नुवाकोटमा हरिशरण नेपाली, सिन्धुपाल्चोकमा शिवप्रसाद हुमागाइँ केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् ।
काभ्रेमा दिलमान पाख्रिन, चितवनमा गोविन्दराज पोखरेल, मकवानपुरमा जीतजंग बस्नेत, झक्तपुरमा मदनबहादुर अमात्य, ललितपुरमा जीवनबहादुर शाही, काठमाडौंमा गोविन्द भट्टराई, गोरखामा शारदा पौडेल, लम्जुङमा राधा घले, तनहुँमा अब्दुल सत्तार प्रतिनिधिका रुपमा खटिएका छन् ।
कास्कीमा ध्रुब वाग्ले प्रतिनिधिका रुपमा खटिएका छन् । मनाङ र मुस्ताङमा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् । पर्वतमा कुन्दनराज काफ्ले, म्याग्दीमा सीतादेवी देवकोटा, बाग्लुङमा प्रकाश रसाइली, नवलपुरमा उमा रेग्मी, नवलपुरमा मानबहादुर विश्वकर्मा, रुपन्देही चन्द्रबहादुर केसी, कपिलवस्तुमा देवेन्द्रराज कँडेल प्रतिनिधिका रुपमा खटिएका छन् ।
पाल्पामा अब्दुल रज्जाक, अर्घाखाँचीमा गंगा शाही तथा गुल्मीमा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् । रुकुम पूर्वमा राजीवविक्रम शाह, रोल्पामा भरतकुमार शाह, प्यूठानमा मदनकृष्ण श्रेष्ठ, दाङमा गोविन्दबहादुर शाही, बाँकेमा गुरु बराल, बर्दियामा जीवन राना प्रतिनिधिका रुपमा खटिएका छन् ।
रुकुम पश्चिममा कर्णबहादुर बुढा, सल्यानमा कृष्णकिशोर घिमिरे केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् । डोल्पा, जुम्ला, मुगु, हुम्ला, दैलेख र काकलीकोटमा प्रतिनिधि खटिएका छैनन् । जाजरकोटमा जानकी सिंह, सुर्खेतमा मानबहादुर नेपाली केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् ।
बाजुरामा नृपबहादुर वड, बझाङमा रामजनम चौधरी, डोटीमा गेहेन्द्र गिरी, अछाममा यज्ञराज जोशी, दार्चुला विद्यादेवी तिमिल्सिना, बैतडीमा अर्जुनजंगबहादुर सिंह, कञ्चनपुरमा सुशील मिश्र भट्ट र कैलालीमा योगेन्द्र चौधरी केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् ।
सभापति शेरबहादुर देउवाको गृहजिल्लामा रणबहादुर रावलको नाम प्रस्ताव गरिएको छ । रावललाई पठाउने वा अन्य नेतालाई पठाउने केही भनिएको छैन ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया