सहकारीको विवादमा परेका बेला सभापति लामिछाने अर्याललाई लिएर भारततिर उडे

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत गएका छन् ।

शनिबार सभापति लामिछाने भारततर्फ प्रस्थान गरेका हुन् । पार्टीका उपसभापति डीपी अर्याल पनि भारत प्रस्थान गरेका छन् ।

भारतमा रहेको रास्वपाका शुभेच्छुकहरूले आयोजित कार्यक्रममा सहभागी हुन उनी भारत गएका हुन् ।

शनिवार दिल्ली र आइतबार हैदराबादमा आयोजित हुने कार्यक्रममा उनीहरू सहभागी हुनेछन् ।

सभापति लामिछानेले आप्नो अनुपस्थितिमा स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । वाग्लेले रास्वपाको कमाण्ड सम्हाल्नेछन् ।

Published : Saturday, 2024 January 27, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया