शिवगढी मन्दिरलाई धार्मिक पर्यटनका लागि सहयोग गर्छु : मन्त्री राणा
विजयनगर । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले शिवगढीको धार्मिक पहिचानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार कपिलवस्तुको विजयनगर गाउँपालिकाको रमुवा दह शिवगढीमा श्री शिवगढी मन्दिर मूल आयोजक समितिले आयोजना गरेको श्रीमदभागवत महापुराणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले शिवगढी मन्दिरको प्रचार प्रसार गरेर विजयनगरको पहिचान बनाउनुपर्ने बताए ।
उनले शिवगढी मन्दिरमा धार्मिक पर्यटन बनाउन आवश्यक पर्ने सबै सहयोग गर्ने बताए । राणाले मन्दिरका लागि आवश्यक पर्ने सहयोगका लागि सम्बन्धित मन्त्रालयमा निवेदन दिएर बजेटको माग गरिए सहयोग गर्ने उल्लेख गरेका छन् ।
शिवगढी मन्त्रीसम्म पुग्ने सडक र मन्दिर बनाउनका लागि स्थानीयले शनिबारदेखि विजयनगरको रमुवा दहमा सप्ताहाव्यापी श्रीमदभागत आयोजना गरिएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया