यस्तो छ माघ १३ गतेदेखि हुने कांग्रेसको कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान, समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अन्तर्गत माघको १३ गतेबाट विशेष कार्यक्रम हुन लागेको छ ।

नेपाली कांग्रेसले २०८० माघ १३ देखि २६ गतेसम्म “समुदायमा कांग्रेस” अभियान संचालन गर्ने निर्णय गरेको छ । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको कांग्रेसले जनाएको छ ।

अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिइसक्नु भएको छभने केन्द्रीय प्रतिनिधिसंग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सवै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिने कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनु हुनेछ । यो अभियान मूलतः वडा केन्द्रित रहनेछ ।

जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू रहने छैनन् ।

माघ १६ गते शहीद दिवसको दिन विशेष कार्यक्रम सहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन ६७४३ वडामा मात्र कार्यक्रम हुनेछ ।

सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक नेपाली कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका साथीहरू आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नु पर्नेछ ।

उक्त दिन सवै साथीहरू वडाको कुनै न कुनै श्रमसंग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ ।

अभियानको यो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।

कार्यक्रमको प्रारुप अनुसार तत् तत् ठाउँमा क्रियाशील रही समुदायमा कांग्रेस अभियानलाई सफल र प्रभावकारी बनाउन तथा माघ १६ गते सबै आफू क्रियाशील रहेको वडामा पुगि अभियानमा सहभागी हुन पार्टीको विभिन्न तहमा जिम्मेवारीमा रहेका साथीहरू र सदस्य तथा शुभचिन्तक तथा भ्रातृ एवं शुभेच्छुक संस्थामा आवद्ध सदस्यहरूलाई विज्ञप्तिमार्फत नेपाली कांग्रेस हार्दिक आग्रह गरेको छ ।

Published : Thursday, 2024 January 25, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया