तरुण दलका पूर्वअध्यक्ष बस्नेत राष्ट्रियसभामा निर्वाचित
हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट अन्यतर्फ जीतजंग बस्नेत विजयी भएका छन् ।
हेटौँडामा बिहीबार भएको निर्वाचनमा कांग्रेसबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् ।
राष्ट्रियसभामा विजयी भएका नेता बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । बस्नेतलाई विजयी बनाउन नेपाल तरुण दलले पनि आफूलाई प्रचार प्रसारमा सक्रिय बनाएको थियो ।
बस्नेतका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मतसहित पराजित भएका छन् ।
Published : Thursday, 2024 January 25, 5:49 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया