उदयपुर सिमेन्ट उद्योग डुबाउने हाकिमसहतिका ८ जनाको ग्याङ, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग डुबाउन ठूलो घोटाला गर्ने तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल समेतहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
पौडेलसहित आठ जनाको समूहले सामग्री खरिद गर्दा आवश्यकता र औचित्यता नभएको प्राविधिक दृष्टिले रितपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको अभियोग पौडेलसहितका कर्मचारीलाई आयोगले लगाएको छ ।
उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साहा, तत्कालीन का.मु. उप-निर्देशक पवनकुमारलाल कणर्, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको लागि सामग्री खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेका थिए ।
सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको अभियोग आयोगले आरोप पत्रमा लगाएको छ ।
खरिद गरिएको सामाग्रीमध्ये प्यानल उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा वढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको, बाइस लाख अठहत्तर हजार तीन सय पाँच रूपियाँ साठी पैसा बराबरको रकम भुक्तानी दिई दिन लगाई उदयपुर सिमेन्ट उद्योगलाई गैरकानूनी हानि पुर्याएको पुष्टि भएको आयोगले जनाएको छ ।
सुरेन्द्रकुमार पौडेल, नवलकिशोर साहा, पवनकुमारलाल कणर्, भरतप्रसाद नेपाल, डेमलाल खनाल, कमलराज पौडेल, ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ उपदफा (१) को देहाय (क) र (च) बमोजिमको कसूरमा बिगो बाइस लाख अठहत्तर हजार तीन सय पाँच रूपियाँ साठी पैसा कायम गर्न माग गरिएको छ ।
निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर हुन साथै, उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसूर र सजायसम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज सुरेन्द्रकुमार पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया