सत्ता गुमेको पीडा ओलीमा देखियो, पोको बोकर पुगे बालुवाटार
काठमाडौं । सत्ताभन्दा बाहिर जानु परेको पीडा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र नेता कार्यकर्ताहरुमा देखिएका छन् ।
ओलीले सरकारविरुद्ध निकै आक्रामक रुपमा अभिव्यक्ति दिइरहेका छन् । ओलीको शैलीलाई पछ्याउँदै एमालेका अन्य नेताहरु पनि सरकारमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । एमालेले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेर सत्ताभन्दा बाहिर हुनु परेको पीडित पोख्ने तयारी गरेको छ ।
एमालेको तत्कालीन सरकारले भन्दा धेरै राम्रा काम गरिरहेको छ । एमालेले बिगारेको मुलुकको अर्थतन्त्र अर्थमन्त्री डा.प्रकाशशरण महतले लयमा ल्याइदिएका छन् । मुलुकको आर्थिक अवस्था राम्रो छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पनि स्वास्थ्यको क्षेत्रमा निकै राम्रो काम गरेका छन् । बस्नेतले सरकारी अस्पतालहरुमा बेड, उपचार, औषधि लगायत निःशुल्क बनाएका छन् । वीर अस्पताल, प्रसुति गृह लगायतका सरकार अस्पतालभित्र कामचोर चिकित्स, बिचौलिया, दलाललाई मन्त्री बस्नेतले तह लगाएका छन् ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउद (एनपी)ले पनि राम्रो काम गरेका छन् । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नेदेखि कुटनैतिक सम्बन्ध सुधारमा साउदले राम्रो काम गरेका छन् ।
सरकारले गरिरेहका कामलाई झन् राम्रोसँग गराउन प्रमुख प्रतिपक्षको नाताले एमालेले रचनात्मक आलोचना र सहयोग गर्नुपर्छ । तर, सरकारका मन्त्रीहरुले गरेका कामको मूल्यांकन गर्न एमालेलाई मन लागेको छैन । बरु सरकारविरुद्ध आन्दोलन गरेर आफू कसरी सत्तामा पुगौँ भन्ने हतार एमालेलाई देखिएको छ ।
एमालेका अध्यक्ष ओलीले मध्यावधि चुनावको कुरा गरिरहेका छन् । प्रधानमन्त्री बनेका बेला दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका ओलीले पनि पनि प्रतिनिधिसभा विघटन गराउन रणनीतिहरु गरेका हुन् कि भन्ने आशंक उब्जिएको छ । ओलीका अभिव्यक्तिमा देखिने मध्यावधि चुनावले जनतालाई आशंका गर्न बाध्य बनाएको छ ।
एमालेका अध्यक्ष ओली ज्ञापनपत्र बुझाउने अवस्था र हैसियतमा पुगेका छन् । मंगलबार ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । महाकालीदेखि मेचीसम्मको यात्राका क्रममा बटुलिएका मागलाई ओलीले ज्ञापनपत्रका रुपमा सरकारलाई बुझाएका छन् ।
विगतमा ओली प्रधानमन्त्री बनेका बेलामा जस्तो अवस्था अहिले छैन । सरकारले सहज रुपमा काम गरिरहेको छ । सरकारले जनताको काम गरेको एमालेलाई मन परेको छैन ।
नेपाली कांग्रेसभित्र पनि ओली निकै खेल्न खोजेका थिए । माओवादी केन्द्रमा पनि खोल्न खोजेका छन् । सत्ता गठबन्धन तत्काल भत्किने अवस्थामा छैन । गठबन्धनलाई भत्काउने योजना ओलीको तुहिएपछि आन्दोलनमा जान खोजेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया