सशस्त्र प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम
काठमाडौं । ‘२३औं सशस्त्र प्रहरी दिवस–२०८०’को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।
विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । अर्यालले कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको आधारस्तम्भ भनेकै अवकाश प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारी भएकोले हाम्रो दैनिक कार्यसम्पादन संगठनको परिचय र प्रतिष्ठासँग जोडिने हुनाले सकारात्मक सोच र कार्यपद्धतीको बलमा अझ माथि उठाउने जिम्मेवारी रहेको उनले बताए । उनले व्यवसायिकता, इमान्दारिता र बफादारितालाई मुलमन्त्र बनाउँदै संगठनमा रहेको प्रणाली र पद्धतीलाई आत्मसाथ गर्दै चेन अफ कमाण्डमा रहि संगठनलाई निष्ठावान, आर्थिक अनुशासनयुक्त दृष्टान्तको रुपमा संगठनलाई स्थापित गर्ने कार्यमा लाग्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई आईजीपी अर्यालले निर्देशन दिए ।
संगठनका हरेक राष्ट्रसेवक कर्मचारीहरु एकजुट भई संगठनले लिएको लक्ष्यप्राप्तीमा अग्रसर रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले भने, ‘राष्ट्रले जिते हामी सबैले जित्छौ भन्ने मर्मलाई ध्यानमा राखी सबैले एक तन एक मन भएर कर्तव्य निर्वाह गर्नु आजको आवश्यकता भएकोले गर्न नसकिने भन्ने केही छैन, हामी गर्छौ, म गर्छु भन्ने प्रतिबद्धता हामी सबैमा आउनु आवश्यक छ ।’
विशेष कार्यक्रममा महानिरीक्षक अर्यालले ‘वर्ष जवान–२०८०’ घोषित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुप्रसाद न्यौपानेलाई ‘वर्ष जवान’को ट्याग प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट इकाई हुन सफल सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १९ बगलामुखी (विशेष कार्यदल) गण काठमाडौं र नं. ३ म्याग्लुङ्ग गुल्म तेह्रथुमलाई ‘रनिङ्ग अवार्ड’ प्रदान गरिएको छ ।
महानिरीक्षक अर्यालले संगठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनिय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेललाई ‘एपीएफ सम्मान’का साथै सशस्त्र प्रहरी बल नेपाललाई अनुकरणीय सहयोग पु¥याउँदै आएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गरिएको छ ।
अवकाश प्राप्त सशस्त्र प्रहरीहरुलाई सेवाकालीन योगदानको उच्च कदर गर्दै आगामी दिनमा सुझाव र सहकार्यको अपेक्षाका साथ कदरपत्र प्रदान गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया