तुलसीपुरमा पत्नीकाे हत्या
घाेराही । दाङ जिल्लाक तुलसीपुरमा एक जनाले रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
तुलसीपुर उपमहागनरपालिका-४, तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले शनिबार राति ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । रक्सीले मातेर उनले पत्नीकाे हत्या गरेका हुन् ।
पेण्डुवालाई राति नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । सहयोगका लागि पुगेका छिमेकी एक महिला र पुरूषलाई पनि उनले रड प्रहार गरी घाइते बनाएको पोखरेलले बताए ।
Published : Sunday, 2024 January 21, 10:21 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया