रोल्पाका विक्रम र देउखुरीका युवराज मृत भेटिए
काठमाठौं । दाङको देउखुरीमा ४० वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
लमही नगरपालिका–६ देउपुर बस्ने युवराज सुनुवार राई अर्जुनखोलास्थित एक खाजा पसल अगाडि शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
राई मृत अवस्थामा फेला परेको सम्बन्धमा लमही प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राईको मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।
उता, चितवनको खैरहनी नगरपालिका–१३ गौवा ढुँग्रेखोला नजिक केराघारीभित्र रोल्पाको दुइखोली गाउँपालिका–१ बस्ने २५ वर्षीय विक्रम रोक्का मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता, सप्तरीको सुरूङगा नगरपालिका–४ टावर चोकस्थित सडक छेउमा भारतको दरभंगा घर भएका ३५ वर्षीय बलमुवा धामी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया