प्रधानमन्त्रीले देश छाडेका बेला ठूलो संख्यामा सह–सचिवहरूको सरुवा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्किएका बेला सरकारले २९ जना सह–सचिवहरूको सरूवा गरेको छ ।
शुक्रबार मन्त्रालयले २९ जना सह–सचिवहरूको सरूवा गरेको जनाएको छ । गृहमा रहेका नारायणप्रसाद रिसाल अर्थ मन्त्रालयमा सरूवा भएका छन् ।
अर्थमा रहेका सेवन्तक पोखरेल मधेश प्रदेशको अर्थ मन्त्रालयको प्रदेश सचिवमा सरूवा भएका छन् । परराष्ट्रका सह–सचिवमा रहेका छविन्द्र पराजुलीको कोशी प्रदेशको प्रदेश सचिवमा सरूवा भएको छ ।
वासुदेव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाटसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ ।
सरुवा हुनेहरूमा नारायणप्रसार रिसाल, सेवन्तराज दाहाल, छविन्द्र पराजुली, ईश्वरकुमार गिरी, गोविन्दप्रसाद रिजाल, हरिशरण पुडासैनी, केशवप्रसाद दाहाल, झलकराम अधिकारी, बाबुराम ज्ञवाली, नितार पोखरेल अर्याल रहेका छन् ।
नम्रता सिंह, दिवस आचार्य, वीरेन्द्रकुमार यादव, सुरेन्द्र पौडेल, दीनानाथ मिश्र, माधवप्रसाद भट्टराई, रमेशकुमार सिंह, शैलेशकुमार झाको पनि सरुवा भएको छ ।
सरुवा हुने सह–सचिवहरूमा अमृत श्रेष्ठ, दुर्गालक्ष्मी श्रेष्ठ, प्रदीप परियार, केदारनाथ शर्मा, लक्ष्मीप्रसाद भट्टराई, दीपकराज नेपाल, टंकप्रसाद प्रसाइँ, सहदेवप्रसाद हुमागाइँ र बसन्त अधिकारी रहेका छन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया