गाउँपालिकाका विवादित अध्यक्ष जयकुमारलाई अन्धाधुन्द मुक्का प्रहार
काठमाडौं । धनुषा जिल्लामा मुखियापट्टी मुसहर्निया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि आक्रमण भएको छ ।
शुक्रबार बिहान १ बजे अध्यक्ष यादवमाथि अपरिचित समूहले आक्रमण गरेर घाइते बनाएको हो । घर जाने क्रममा आफूमाथि आक्रमण भएको यादवले बताएका छन् ।
अध्यक्ष यादवले आफूलाई आक्रमण गर्ने समूहलाई नचिनेको बताएका छन् । आफूमाथि अन्धादुन्ध मुक्का प्रहार भएको उनले बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट निर्वाचित भएका अध्यक्ष यादव निकै विवादित व्यक्ति हुन् । यादवले कर्मचारीमाथि हातपात गरेको आरोप लगागेको थियो ।
अध्यक्ष यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवणकुमार यादव र सहायक आन्तरिक लेखा परिक्षक नवीनकुमार साहमाथि हातपात गरेको आरोप लागेको थियो ।
तत्कालीन समयमा कर्मचारीद्वय साह र यादवले आफूहरूलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार दासले मनोमानी गर्दै आएको आरोप लगाएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया