देउखुरीमा करणी गराउने मतियारसहित तीन जना पक्राउ
काठमाडौं । दाङको देउखुरी उपत्यकामा जबरजस्ती करणी गराउने मतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको अभियोगमा मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३
वर्षीय सुकवीर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।
सुकवीरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ । सुकबीर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
उता, मोरङ जिल्लामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया