छोरीलाई लिएर प्रधानमन्त्री युगाण्डातर्फ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा जान लागेका छन् ।

माघ ४ गते अर्थात् बिहीबार बिहान ०२ बजेर १५ मिनटमा कतार एयरलाइन्सबाट प्रधानमन्त्री दाहाल युगाण्डा प्रस्थान गर्न लागेका हुन् ।

माघको ५ देखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा सम्मेलन हुन लागेको छ ।

प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू पनि भ्रमणमा जानेछन् ।

प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

Published : Wednesday, 2024 January 17, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया