तीन वर्षीय छोरालाई आमाले दिइन् कलेजो, सफल प्रत्यारोपण
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ ।
भक्तपुरमा रहेको केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको हो । कार्यकारी निर्देशक एवम् वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रत्यारोपण भएको छ ।
पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीया आमाले कलेजो दान दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
लगातार चार दिनमा चार वटा कलेजो प्रत्यारोपण गर्दैछ । यसअघि केन्द्रले पुसमा एकैपटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो ।
पुस ८ गते भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले र पुस ९ गते सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीया दिदीले कलेजो दान दिएर प्रत्यारोपण गरिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया