भालुबाङ बस दुर्घटना १२ जनाकाे मृत्युु

देउखुरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

शुक्रबार भएकाे दुर्घटनामा १२ जनाकाे मृत्युु भएकाे हाे । ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ । ७ जनाको शव जेसिवीको सहायताले बसबाट बाहिर निकालिएको छ ।

मृतकको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले बताए । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । घटना के, कसरी भयो भन्नेबारे थाहा हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

Published : Saturday, 2024 January 13, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया