घोराहीमा एमालेका महासचिव पोखरेल र उनी पत्नीको नौटंकी, शान्ता बीचमा आइन्
घोराही । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेल र उनकी पत्नी सुजिता शाक्यले दाङमा नौटंकी देखाएका छन् ।
घोराही उपमहानगरपालिकाको वडा नं. १६ मा एमालेको वडा कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेल र केन्द्रीय सदस्य शाक्यले नौटंकी देखाएको आरोप लागेको छ । पोखरेलले मादल बजाएका छन् । उनकी पत्नी शाक्य थारु महिलाले लगाउने पहिरन लगाएर नाचेकी छिन् ।
महासचिव पोखरेलले मादल बजाएका बेला अर्की केन्द्रीय सदस्य शान्ता चौधरी पनि नाचेकी छिन् । नाचगानलाई घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले छेउमा बसेर हेरेका थिए ।
महासचिव पोखरेलले मादल बजाएका बेला पत्नी शाक्य नाचेकी थिइन् । त्यही बेला शान्ता चौधरी बीचमा छिरेर नाचेकी थिइन् ।
दाङ क्षेत्र नं. २ बाट पराजित भएका महासचिव पोखरेल पछिल्लो समय मतदाताहरुलाई आफूतर्फ नजिक बनाउन विभिन्न नौटंकीजन्य गतिविधि गर्दै आएको एमालेकै स्थानीय कार्यकर्ताको आरोप छ ।
दाङ जिल्लाको विकासका लागि पोखरेल र उनकी पत्नी शाक्यले खासै ध्यान नदिएको आरोप छ । महासचिव पोखरेल काठमाडौंमा बस्छन् । राजनीति गर्नका लागि दाङ आउने गर्छन् । दाङ आएका बेला बुढाबुढी मिलेर नौटंकी देखाउने गरेको चर्चा छ ।


बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया