नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सकिदैन : पूर्वराजा शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो इतिहास, स्वतन्त्र र अस्तित्वलाई भुल्न नसकिने बताएका छन् ।
पूर्वराजा शाहले ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन् ।
उनले भने, ‘आफ्नो इतिहास आफ्नो स्वतन्त्र र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौँ । त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई ।’
‘राष्ट्र भनेको भूगोल मात्र नभएर जनताको साझा थलो हो भन्दै ज्ञानेन्द्रले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो’, उनले भने ।
‘सबै जातजाति, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैँचाका थरी थरी सुन्दर फुलहरु हुन्’, पूर्वराजा शाहले भने, ‘हाम्रो राष्ट्र निर्माणको पूनितकामना यो हो ।’
राष्ट्र निर्माताबाट अभिव्यक्त धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्न शाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले रहेको शाहले बताएका छन् ।
उनले भने, ‘त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दीब्यउपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया