असई भण्डारीलाई आयोगको टोलीद्वारा पक्राउ
देउखुरी । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् ।
असई भण्डारी ८ हजार घुस लिएको आरोपमा पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ । असई भण्डारी प्रहरी चौकी खडैचामा कार्यरत छन् ।
असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।
Published : Thursday, 2024 January 11, 8:32 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया