सभापति देउवाको सुझवुझले कांग्रेसले १० सिट पायो, अरुले कति पाए ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले १९ सिटमध्य १० सिट भागमा पाएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरूका बीच सिटमा कुरा मिलेको हो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले २ र १ सिट जसपाले लिने गरी सहमति भएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले तीन सिटमा दाबी गरेको थियो । पछि सबैले गणितीय विषयमा बुझाएपछि नेकपा (एकीकृत समाजवादी) दुई सिट लिन तयार भएको छ ।

कांग्रेसका नेता लेखकले सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूले संयुक्त रुपले उम्मेदवारी दिने बताएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सबैभन्दा ठूलो ठूल भएका कारण १३ सिटमा दाबी गरेका थिए । सहमतिका लागि सभापति देउवाले १० सिटमा गठबन्धनसँग कुरा मिलाएका छन् ।

राष्ट्रिय सभामा सत्ता गठबन्धनले एमालेलाई हराएर १९ सिटमा साफ बनाउन भएका छन् । राष्ट्रिय सभामा एमाले क्रमश: शून्यको अवस्थामा पुग्ने तयारीमा छ ।

कांग्रेसका सभापति देउवाले राष्ट्रिय सभामा अध्यक्षको दाबी पनि गरेका छन् । कांग्रेसले १० सिटसँगै अध्यक्ष पनि पाउनेछ ।

Published : Sunday, 2024 January 7, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया