माओवादीलाई ‘सुनमा गुन’ लगाएका एसएसपीलाई ललितपुर पठाउन गृहमन्त्रीको दवाव
काठमाडौं । बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा हेडक्वाटर तानिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहको स्थानमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी दिनेश आचार्यलाई पठाउन दवाव दिएका छन् ।
एसएसपी आचार्य नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत छन् । गृहमन्त्री श्रेष्ठ निकट मानिने आचार्यले सुन तस्करी काण्डमा छानविन गर्ने क्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरू र छोराहरूलाई बचाएको आरोप लागेको छ ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन लगायतलाई सुन तस्करी काण्डमा एसएसपी आचार्यले नै छुट दिएको आरोप छ । माओवादीलाई ‘सुनमा गुन’ लगाएको भनेर गृहमन्त्री श्रेष्ठले एसएसपी आचार्यलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी दिन लागेका हुन् ।
आईजीपी बसन्तबहादुर कुँवरले ललितपुर प्रहरीको जिम्मेवारी काबिल एसएसपीलाई दिएर पठाउन खोजेका छन् । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी घटना भएपछि आईजीपी कुँवरले विवाद रहित एसएसपीलाई पठाउन चाहेको स्रोतले जनाएको छ ।
रुपन्देहीमा डीएसपी रहेका बेला आचार्य विभिन्न काण्डमा परेका थिए । बालुवाटारको जग्गा छानविन काण्डमा पनि एसएसपी आचार्यले गृहमन्त्री श्रेष्ठको निर्देशनमा छानविनको काम गरेर धेरैलाई बचाएको तथा मुद्धालाई कमजोर बनाएको आरोप पनि छ ।
नेपाल प्रहरीका पूर्व एक जना ठूलै मान्छेको नाम आउँदा पनि एसएसपी आचार्यले बयानका लागि बोलाएनन् । तर, कसैसँग ह्वाट्स एपमा कुरा गरेको भरमा सुन काण्डमा मुछिएको आरोप एसएसपी आचार्यलाई लाग्दै आएको छ ।
गृहमन्त्री श्रेष्ठसँग एसएसपी आचार्य निकै निकट मानिन्छन् । कमाण्ड सम्हाल्न नसकेका एसएसपी शाह तानिएपछि ललितपुर प्रहरी नेतृत्व विहीन छ । एसएसपी शाहलाई निलम्बन नगरेर हेडक्वाटरले तानेर मात्रै राखेको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया